१८ भाद्र २०८३, बिहीबार

इक्वेडरका राष्ट्रपति नोबोआ अगस्ट १६ देखि चीनको राजकीय भ्रमणमा जाने

ड्रागन मिडिया समाचार कक्ष

इक्वेडरका राष्ट्रपति ड्यानियल रोय–गिलक्रिस्ट नोबोआ अजिनले अगस्ट १६ देखि २३ सम्म चीनको राजकीय भ्रमण गर्ने भएका छन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा राष्ट्रपति नोबोआ चीन भ्रमणमा जान लागेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार जानकारी दिएका हुन्।

भ्रमणका क्रममा चीन र इक्वेडरबीच द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्य र आपसी हितका विषयमा उच्चस्तरीय संवाद हुने अपेक्षा गरिएको छ।

नोबोआको भ्रमणले चीन र इक्वेडरबीचको राजनीतिक विश्वास तथा व्यावहारिक सहकार्यलाई थप सुदृढ गर्ने अवसर प्रदान गर्नेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button