१७ भाद्र २०८३, बुधबार

बाढी र पहिरोले बागलुङका दुई राष्ट्रिय राजमार्ग अवरुद्ध

ड्रागन मिडिया सम्वाददाता

अविरल वर्षापछि आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग शुक्रबार बिहानदेखि अवरुद्ध भएका छन्।

कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

गए रातिदेखि परेको लगातार वर्षाका कारण बागलुङ नगरपालिका–१३ स्थित कालाखोला बगरमा पहिरो खस्दा कालीगण्डकी करिडोर बिहानैदेखि बन्द भएको हो।

यस्तै, मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिवाङ–निसीखोला खण्डको निसीखोला गाउँपालिका–४ कानाबजार नजिकै ठाडाखोलामा बाढी आएपछि उक्त सडक पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए।

दुवै राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय, मध्यपहाडी लोकमार्ग आयोजना तथा कालीगण्डकी करिडोर कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।

सडक अवरुद्ध हुँदा विभिन्न गन्तव्यतर्फ जाँदै गरेका यात्रु तथा सवारीसाधन बाटोमै रोकिएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button