चिनियाँ युआन अमेरिकी डलरविरुद्ध १० पिप्सले मजबुत

ड्रागन मिडिया समाचार कक्ष
चिनियाँ मुद्रा रेन्मिन्बी अर्थात युआनको केन्द्रीय समानता दर शुक्रबार अमेरिकी डलरविरुद्ध १० पिप्सले मजबुत हुँदै ६.७८७८ कायम भएको छ।
चाइना फरेन एक्सचेन्ज ट्रेड सिस्टमका अनुसार शुक्रबारको कारोबारका लागि एक अमेरिकी डलर बराबर ६.७८७८ युआनको केन्द्रीय समानता दर निर्धारण गरिएको हो।
चीनको हाजिर विदेशी विनिमय बजारमा युआनलाई प्रत्येक कारोबार दिन केन्द्रीय समानता दरबाट अधिकतम दुई प्रतिशतसम्म मजबुत वा कमजोर हुन अनुमति दिइएको छ।
अमेरिकी डलरविरुद्ध युआनको केन्द्रीय समानता दर प्रत्येक कार्यदिन अन्तरबैंक विदेशी विनिमय बजार खुल्नुअघि बजार निर्माताहरूले प्रस्तुत गर्ने विनिमय दरको भारित औसतका आधारमा निर्धारण गरिन्छ।
युआनको केन्द्रीय समानता दर चीनको विदेशी विनिमय व्यवस्थापन प्रणालीको महत्वपूर्ण आधार हो। यसले दैनिक बजार कारोबारका लागि सन्दर्भ दरको काम गर्नुका साथै युआनको विनिमय दरलाई व्यवस्थापन गरिएको उतारचढाव सीमाभित्र सञ्चालन गर्न आधार प्रदान गर्छ।





