बिशाल ब्रिक्सको के कस्तो क्षमता छ?

अक्टोबर २२ देखि २४ तारिखसम्म ब्रिक्स मुलुकका नेतागणको १६औँ भेट-वार्ता रूसको कजानमा आयोजना हुँदैछ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङ आमन्त्रित भई सो शिखर सम्मेलनमा सहभागी हुनुहुँदैछ। जुन ब्रिक्स मुलुकको परिधि विस्तार भएपछि आयोजित पहिलो शिखर सम्मेलन हुनुका साथै बिशाल ब्रिक्स सहकार्यको नयाँ शुरूवात पनि हो। यस अवधिमा ३० भन्दा बढी मुलुक र अन्तर्राष्ट्रिय संगठनका नेताहरूले भेला भई सहकार्य र विकास योजनाबारे विचार-विमर्श गर्नुहुँदैछ।

ब्रिक्स मुलुकको परिधि विस्तार हुँदै आएको सिलसिलामा थाइल्याण्ड, क्युबा, सिरिया र बेलारूस लगायतका ३० भन्दा बढी मुलुकले ब्रिक्समा संलग्न हुने अभिलाषा पनि व्यक्त गरेका छन्।

 

पहिले सदस्य मुलुकबीच समन्वय गरिने साधनको रूपमा उत्पन्न भएको ब्रिक्स सहकार्य व्यवस्था हाल क्रमश: मानव जातिको भावी अभिलाषाको प्रतिक बनिसकेको छ। त्यसबाट विश्वव्यापी अर्थतन्त्र निष्पक्ष रूपमा विकास हुने मानिसहरूको आशाको प्रतिनिधित्व गरिन्छ। सो सहयोगात्मक व्यवस्था साझा विकासलाई साकार तुल्याउने अधिकांश विकासोन्मुख मुलुकहरूको माग अनुकूल भएको छ। यसका अतिरिक्त ब्रिक्स सहकार्य व्यवस्थाले विश्वव्यापी सञ्चालनमा सहभागी हुनका लागि विभिन्न मुलुकलाई चौतारो र अवसर पनि प्रदान गरेको छ।

यस शिखर सम्मेलनले डामाडोल विश्वका लागि अझ बढी निश्चितता र सकारात्मक भावना थपिदिनुका साथै “वैश्विक दक्षिण”को संयुक्त आत्मविश्वासलाई अघि बढाउँदै जानेछ। त्यसैगरी “बिशाल ब्रिक्स सहकार्य”बाट आशावादी भविष्य तय हुनेछ।

CRI

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button