१७ भाद्र २०८३, बुधबार

पर्यटकीय आलडाँडामा केन्द्रीय प्रसारण लाइन विस्तार

ड्रागन मिडिया सम्वाददाता

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ स्थित पर्यटकीय स्थल आलडाँडामा केन्द्रीय विद्युत प्रसारण लाइनको सुविधा विस्तार भएको छ।

नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत राम्चेदेखि आलडाँडासम्म विद्युत लाइन विस्तार गरिएको हो।

नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीका अनुसार जिल्लाका अझै विद्युत सुविधा नपुगेका मोहरेडाँडा, फूलबारी, डाँडाखर्क र कालीबराह क्षेत्रमा पनि शीघ्र केन्द्रीय प्रसारण लाइन विस्तार गर्ने तयारी छ।

आलडाँडासँगै मोहरेडाँडा, फूलबारी, डाँडाखर्क, कालीबराह तथा अन्नपूर्ण–धौलागिरि क्षेत्र म्याग्दीका महत्वपूर्ण पर्यटकीय गन्तव्य हुन्। यी क्षेत्रमा नियमित विद्युत सेवा विस्तार हुँदा पर्यटन व्यवसाय, होटल तथा होमस्टे सञ्चालन, सञ्चार सेवा र स्थानीय जनजीवनमा सहजता थपिने अपेक्षा गरिएको छ।

विशेषगरी दुर्गम पर्यटकीय क्षेत्रमा भरपर्दो विद्युत पहुँच विस्तारले पर्यटकका लागि आवश्यक सेवा सुधार गर्नुका साथै स्थानीयस्तरमा पर्यटनसँग जोडिएका व्यवसाय तथा उद्यम विकासमा समेत सहयोग पुग्ने देखिएको छ।

‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत जिल्लाका विद्युत पहुँचबाट वञ्चित बस्ती र पर्यटकीय क्षेत्रमा क्रमशः केन्द्रीय प्रसारण लाइन पुर्‍याउने काम भइरहेको प्राधिकरणले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button