“ब्रिक्स बीचको विशाल सहयोग” नयाँ दिशामा कसरी अघि बढ्छ? चीनको प्रस्तावबाट स्पष्ट उत्तर

स्थानीय समयअनुसार २३ तारिख ब्रिक्स देशका नेताहरूको १६औं शिखर सम्मेलन रूसको कजानमा सफलतापूर्वक आयोजना भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले महत्वपूर्ण सम्बोधन गर्दै सबैले “शान्तिपूर्ण ब्रिक्स,” ” नवाचार ब्रिक्स,” “हरित ब्रिक्स,” “न्यायपूर्ण ब्रिक्स” र “संस्कृति ब्रिक्स” निर्माणमा हातेमालो गर्न आह्वान गर्नुभयो। यस क्रममा उहाँले अनेकन ठोस उपायहरू पनि घोषणा गर्नुभयो, जुन अन्तर्राष्ट्रिय समुदायमा पनि गरमागरम बहस उत्पन्न भएको छ।

चीनले प्रस्ताव गरेको “पाँच बृहत् ब्रिक्स” निर्माणको पहल सुरक्षा, विकास, विश्व शासन र सभ्यताको अन्तरसंवाद जस्ता क्षेत्रमा आधारित छ। यसले चीनले अघि बढाएको विभिन्न वैश्विक पहल र आफ्नै विकासको अनुभवलाई ब्रिक्सको विकास दृष्टिकोण र अन्तर्राष्ट्रिय समाजको अपेक्षासँग मिलाएर प्रस्तुत गर्दछ। यसले ब्रिक्स देशहरूको आत्म-निर्भरता र बलियो बन्न मद्दत गर्ने मात्र होइन, ब्रिक्स सहयोग “युगको प्रश्न” को प्रभावकारी उत्तर दिन सक्ने छ।

विगत १८ वर्षको अवधिमा ब्रिक्स सहयोग “ग्लोबल साउथ” का पहिलो पंक्तिमा विकास भएको छ। भविष्यतर्फ हेर्दा संसारको बहु ध्रुवीकरणको नयाँ परिप्रेक्ष्य र “नयाँ शीतयुद्ध” को संकटको सामना गर्दा ब्रिक्स देशहरूले सहमति खोज्न र भिन्नताहरूको सम्मान गर्दै एकता र आत्मबललाई प्रोत्साहित गर्नुपर्दछ। यसले ” ब्रिक्स सम्बन्धी विशाल सहयोग” को उच्च गुणस्तरको विकासको नयाँ पृष्ठभूमि सिर्जना गर्नुपर्छ, जसले ” ग्लोबल साउथ” को विकास र पुनर्जागरणमा नेतृत्व गर्नुपर्छ र सुन्दर संसारको निर्माणमा मुख्य शक्ति बन्नुपर्छ।

CRI

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button