१८ भाद्र २०८३, बिहीबार

ट्रकको ठक्करबाट एमाले नेतृ सावित्रा सापकोटाको मृत्यु

ड्रागन मिडिया सम्वाददाता

कैलालीको बर्दगोरिया गाउँपालिका–१ स्थित मुडा पुल नजिकै ट्रकको ठक्करबाट नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार समिति सदस्य सावित्रा सापकोटाको मृत्यु भएको छ।

आज बिहान सापकोटा सवार से १–०१–००१ ख नम्बरको स्कुटरलाई नवलपरासीको बर्दघाट निवासी २६ वर्षीय दिनेश गिरीले चलाएको लु १–०१–०१० प ००४५ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते सापकोटालाई उपचारका लागि दोदोधरा अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार दुर्घटनापछि ट्रक चालक गिरीलाई महेन्द्र राजमार्गअन्तर्गत बर्दगोरिया गाउँपालिका र लम्कीचुहा नगरपालिकाको सीमाक्षेत्रबाट नियन्त्रणमा लिइएको छ।

प्रहरीले दुर्घटनाको कारण तथा परिस्थितिबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

सापकोटा २०७४ सालको स्थानीय तह निर्वाचनमा बर्दगोरिया गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेबाट उम्मेदवारसमेत बनेकी थिइन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button