१८ भाद्र २०८३, बिहीबार

जसपा नेपालले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो

ड्रागन मिडिया सम्वाददाता

जनता समाजवादी पार्टी नेपाल (जसपा) ले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

पार्टीका महासचिव डा. सुरेन्द्र कुमार झाले विज्ञप्ति जारी गर्दै लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी दिएका हुन्।

पार्टीले आफ्ना प्रदेश सभा सदस्यहरूलाई मुख्यमन्त्री आचार्यले पेश गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्नसमेत निर्देशन दिएको छ।

नेपाली कांग्रेसले यसअघि नै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्य आज प्रदेश सभाबाट विश्वासको मत लिने तयारीमा छन्। त्यसअघि जसपा नेपालको पछिल्लो निर्णयले प्रदेश सरकारको समर्थन समीकरणमा थप दबाब सिर्जना गरेको छ।

लुम्बिनी प्रदेश सभामा कुल ८३ सदस्य रहेका छन् भने मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न कम्तीमा ४२ सदस्यको समर्थन जुटाउनुपर्ने हुन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button