१७ भाद्र २०८३, बुधबार

ह्वावेई वाच फिट ५ प्रो नेपाली बजारमा, मूल्य ४३ हजार ९९० रुपैयाँ

ड्रागन मिडिया सम्वाददाता

ह्वावेई कन्ज्युमर उत्पादनहरूको नेपालका लागि आधिकारिक राष्ट्रिय वितरक कल मोबिलिटी प्रालिले अत्याधुनिक स्मार्टवाच ‘HUAWEI WATCH FIT 5 Pro’ नेपाली बजारमा सार्वजनिक गरेको छ।

प्रिमियम डिजाइन, उन्नत स्वास्थ्य निगरानी, व्यावसायिक फिटनेस सुविधा र आधुनिक स्मार्ट प्रविधिसहितको यो घडीको मूल्य ४३ हजार ९९० रुपैयाँ तोकिएको छ।

सार्वजनिक गर्ने अवसरमा कम्पनीले सीमित अवधिका लागि विशेष योजना पनि ल्याएको छ। योजनाअन्तर्गत घडी खरिद गर्ने ग्राहकले पाँच हजार ४९० रुपैयाँ मूल्य बराबरको HUAWEI FreeBuds SE 2 निःशुल्क प्राप्त गर्न सक्नेछन्।

ह्वावेई वाच फिट ५ प्रोमा १.९२ इन्चको डिस्प्ले, १.८ मिलिमिटरको अल्ट्रा स्लिम बेजेल र अधिकतम तीन हजार निटसम्मको चमक क्षमता रहेको छ। उच्च चमकका कारण प्रत्यक्ष घाममा समेत डिस्प्ले स्पष्ट देखिने कम्पनीले जनाएको छ।

यो स्मार्टवाच ब्ल्याक फ्लुरोइलास्टोमर, ओरेन्ज ग्रे नाइलन र ह्वाइट फ्लुरोइलास्टोमर गरी तीन प्रकारका स्ट्र्याप विकल्पमा उपलब्ध छ।

बाहिरी गतिविधि तथा फिटनेसलाई लक्षित गर्दै यसमा विभिन्न व्यायाम र खेलकुदसम्बन्धी सुविधा समावेश गरिएको छ। दैनिक रूपमा सक्रिय रहन सहयोग गर्ने ‘मिनी वर्कआउट मोड’ अन्तर्गत ३० सेकेन्डदेखि केही मिनेटसम्मका निर्देशित व्यायाम गर्न सकिन्छ।

ट्रेल रन मोडमा सेग्मेन्टमा आधारित नेभिगेसन, उचाइको अवस्था र अनुमानित आगमन समयलगायतका जानकारी उपलब्ध हुन्छन्। गल्फ खेलाडीका लागि विश्वभरका १७ हजारभन्दा बढी गल्फ कोर्सका नक्सा, उन्नत ग्रिन भ्यु तथा स्विङ विश्लेषणसम्बन्धी सुविधा पनि समावेश गरिएको छ।

स्वास्थ्य निगरानीतर्फ घडीमा ईसीजी, एट्रियल फिब्रिलेसनसम्बन्धी निगरानी, असामान्य समयअगावै हुने मुटुको धड्कनबारे सूचना र धमनीको कडापन पहिचानसम्बन्धी सुविधा उपलब्ध छन्।

महिलाको स्वास्थ्यलाई लक्षित गर्दै नाडीको तापक्रम मापनसहित महिलाको स्वास्थ्य निगरानीसम्बन्धी सुविधा पनि राखिएको छ।

कम्पनीका अनुसार हल्का प्रयोगमा घडीको ब्याट्री १० दिनसम्म र नियमित प्रयोगमा सात दिनसम्म टिक्न सक्छ।

स्वास्थ्य निगरानी, फिटनेस, बाहिरी गतिविधि र दैनिक स्मार्ट सुविधालाई एउटै उपकरणमा समेटिएको वाच फिट ५ प्रोमार्फत ह्वावेईले नेपाली बजारमा आफ्नो प्रिमियम वेयरेबल उत्पादनको दायरा थप विस्तार गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button