१८ भाद्र २०८३, बिहीबार

दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले गठन गर्‍यो चार सदस्यीय टोली

ड्रागन मिडिया सम्वाददाता

राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सोमबार सहसचिव लिलाधर सुवेदीको संयोजकत्वमा टोली गठन गरेको हो।

प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले विभिन्न माग अघि सार्दै आन्दोलन घोषणा गरेपछि सरकारले वार्तामार्फत समाधान खोज्ने पहल अघि बढाएको हो।

प्रसाईंले गत साउन २९ गते राष्ट्रिय मानव अधिकार आयोगमा समेत आफ्ना माग प्रस्तुत गरेका थिए। ती मागका विषयमा छलफल गरी समाधानका लागि सहजीकरण गर्न सरकारका तर्फबाट वार्ता टोली गठन गरिएको प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ।

वार्ता टोलीमा गृह मन्त्रालयका सहसचिव ज्ञानेन्द्र काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सहसचिव डिलाराम पन्थी सदस्य छन्।

सरकारले वार्ता टोली गठन गरेसँगै प्रसाईं नेतृत्वको अभियानले अघि सारेका माग र घोषित आन्दोलनका विषयमा औपचारिक संवादको बाटो खुलेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button