१८ भाद्र २०८३, बिहीबार

पोखरा विश्वविद्यालयमा पहिलोपटक इञ्जिनियरिङतर्फ पीएचडी, दुई विषयमा आवेदन खुला

ड्रागन मिडिया सम्वाददाता

पोखरा विश्वविद्यालयले इञ्जिनियरिङतर्फ पहिलोपटक विद्यावारिधि (पीएचडी) तहको अध्ययन सुरु गर्ने भएको छ।

विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायले सिभिल इञ्जिनियरिङ तथा इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इञ्जिनियरिङ विषयमा पीएचडी अध्ययनका लागि योग्य उम्मेदवारबाट आवेदन आह्वान गरेको हो।

विश्वविद्यालयले अनुसन्धानमा रुचि भएका तथा बलियो शैक्षिक पृष्ठभूमि भएका उम्मेदवारलाई कार्यक्रममा आवेदन दिन आग्रह गरेको छ। इच्छुक उम्मेदवारले आगामी भदौ ९ गतेसम्म आवेदन दिन सक्नेछन्।

पीएचडी प्रवेश परीक्षा भदौ १२ गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म कास्कीको ढुंगेपाटनस्थित पोखरा विश्वविद्यालयको स्कुल अफ इञ्जिनियरिङमा सञ्चालन हुनेछ।

प्रवेश परीक्षापछि हुने व्यक्तिगत अन्तर्वार्ताको मिति भने परीक्षाकै दिन घोषणा गरिने विज्ञान तथा प्रविधि संकायले जनाएको छ।

आवेदन शुल्क तीन हजार रुपैयाँ तोकिएको छ। आवश्यक शैक्षिक योग्यता पूरा गरेका उम्मेदवारले विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायमार्फत आवेदन प्रक्रिया अघि बढाउन सक्नेछन्।

इञ्जिनियरिङतर्फ पीएचडी कार्यक्रम सुरु भएसँगै पोखरा विश्वविद्यालयले उच्चस्तरीय प्राविधिक अनुसन्धान तथा अनुसन्धानमा आधारित जनशक्ति विकासको क्षेत्र विस्तार गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button