मस्कोतर्फ आइरहेका २३ ड्रोन खसालियो, भग्नावशेष खसेका क्षेत्रमा आपतकालीन टोली परिचालन

ड्रागन मिडिया समाचार कक्ष
रुसी वायु रक्षा प्रणालीले मंगलबार मस्कोतर्फ आइरहेका थप १० ड्रोन नष्ट गरेको मस्कोका मेयर सर्गेई सोब्यानिनले बताएका छन्।
पछिल्लो कारवाहीसँगै मंगलबार दिन शुरु भएयता मस्कोतर्फ आइरहेका कुल २३ मानवरहित विमान खसालिएको जनाइएको छ।
सोब्यानिनका अनुसार मस्कोतर्फ उडिरहेका १० मानवरहित विमानको आक्रमणलाई वायु रक्षा प्रणालीले विफल बनाएको हो।
ड्रोनका भग्नावशेष खसेका स्थानमा आपतकालीन सेवाका विशेषज्ञहरू परिचालन गरिएको उनले बताए।
भग्नावशेषबाट भएको सम्भावित क्षति वा मानवीय हताहतीबारे तत्काल विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
मस्को र आसपासका क्षेत्रमा पछिल्लो समय मानवरहित विमानबाट हुने आक्रमणको प्रयास बढेसँगै रुसी वायु रक्षा संयन्त्र उच्च सतर्कतामा राखिएको छ।





