१८ भाद्र २०८३, बिहीबार

भारतीय स्थल सेनाध्यक्ष सेठले प्रधानमन्त्री शाहसँग गरे शिष्टाचार भेट

ड्रागन मिडिया सम्वाददाता

भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेट गरेका छन्।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा भएको भेटमा नेपाल र भारतबीचको आपसी सम्बन्ध तथा सैन्य सहकार्यसँग सम्बन्धित विषयमा छलफल भएको थियो।

भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए।

प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा आएका जनरल सेठ आइतबार काठमाडौं आइपुगेका थिए।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।

नेपाल र भारतबीच सन् १९५० देखि एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने परम्परा रहँदै आएको छ।

सोमबार नै प्रधानसेनापति सिग्देल र जनरल सेठबीच जङ्गी अड्डामा द्विपक्षीय भेटवार्ता भएको थियो। भेटमा दुई देशका सेनाबीचको सम्बन्ध, आपसी हित र सैन्य सहकार्यका विषयमा छलफल भएको थियो।

नेपाल भ्रमणका क्रममा जनरल सेठले नेपाली सेनाका विभिन्न कार्यक्रम तथा उच्चस्तरीय भेटवार्तामा सहभागिता जनाइरहेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button