१७ भाद्र २०८३, बुधबार

शाओमीले नेपालमा ल्यायो ‘रेडमी १७ सिरिज’, ७,५०० एमएएच ब्याट्री र १२० हर्ज डिस्प्ले प्रमुख आकर्षण

ड्रागन मिडिया सम्वाददाता

शाओमीले नेपाली बजारमा आफ्नो नयाँ ‘रेडमी १७ सिरिज’ अन्तर्गत रेडमी १७ र रेडमी १७ ५जी स्मार्टफोन सार्वजनिक गरेको छ।

लामो समय टिक्ने ब्याट्री, १२० हर्ज रिफ्रेस रेटसहितको डिस्प्ले र दैनिक प्रयोगका लागि आवश्यक मजबुतीलाई प्राथमिकता दिइएको यो सिरिजमा ७,५०० एमएएच क्षमताको ब्याट्री मुख्य आकर्षणका रूपमा रहेको छ।

कम्पनीका अनुसार ठूलो क्षमताको ब्याट्रीले भिडियो स्ट्रिमिङ, गेमिङ तथा दैनिक प्रयोगमा लामो समयसम्म फोन सञ्चालन गर्न सहयोग गर्छ। दुवै फोनमा ४५ वाट टर्बो चार्जिङ सुविधा दिइएको छ।

फोनमा २२.५ वाट रिभर्स चार्जिङ पनि उपलब्ध छ। यसमार्फत स्मार्टफोनलाई पावर बैंकका रूपमा प्रयोग गरी इयरबड्स, स्मार्टवाच वा अर्को फोनसमेत चार्ज गर्न सकिन्छ।

रेडमी १७ र रेडमी १७ ५जी दुवैमा ६.९ इन्चको एचडी डिस्प्ले र १२० हर्ज रिफ्रेस रेट दिइएको छ। यसले स्क्रोलिङ, गेमिङ तथा भिडियो हेर्दा थप सहज अनुभव दिने कम्पनीको दाबी छ।

कार्यक्षमतातर्फ रेडमी १७ मा मिडियाटेक हेलियो जी९१ अल्ट्रा प्रोसेसर प्रयोग गरिएको छ भने रेडमी १७ ५जीमा स्न्यापड्रागन ४ जेन ५ प्लेटफर्म दिइएको छ। दुवै स्मार्टफोन शाओमी हाइपरओएस ३ मा सञ्चालन हुन्छन् र मेमोरी विस्तारमार्फत १२ जीबीसम्म र्‍याम समर्थन गर्छन्।

क्यामेरातर्फ दुवै फोनमा ५० मेगापिक्सलको एआई डुअल क्यामेरा तथा ८ मेगापिक्सलको अगाडिको क्यामेरा उपलब्ध छ। डुअल भ्यु भिडियो रेकर्डिङ, ३०० प्रतिशतसम्म भोल्युम बढाउन सकिने डुअल स्टेरियो स्पिकर, ३.५ एमएम हेडफोन ज्याक, एनएफसी तथा आईपी६४ स्तरको धुलो र पानी प्रतिरोधी क्षमता पनि समावेश गरिएको छ।

करिब २३२ ग्राम तौल भएका यी स्मार्टफोनलाई दैनिक प्रयोगका क्रममा घाम, धुलो तथा पानीको सामान्य जोखिम सामना गर्न सक्ने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ।

मूल्यतर्फ रेडमी १७ को ४ जीबी र्‍याम तथा १२८ जीबी भण्डारण संस्करणको मूल्य २७ हजार ९९९ रुपैयाँ र ६ जीबी तथा १२८ जीबी संस्करणको मूल्य ३३ हजार ९९९ रुपैयाँ तोकिएको छ। यो मोडल कालो, डीप ब्लु, ओक ग्रिन र लोटस पर्पल रङमा उपलब्ध हुनेछ।

त्यस्तै, रेडमी १७ ५जीको ४ जीबी तथा १२८ जीबी संस्करणको मूल्य ३३ हजार ९९९ रुपैयाँ, ४ जीबी तथा २५६ जीबी संस्करणको ३७ हजार ९९९ रुपैयाँ र ६ जीबी तथा २५६ जीबी संस्करणको ४१ हजार ९९९ रुपैयाँ तोकिएको छ। यो मोडल कालो, डीप ब्लु र भिभिड अरेन्ज रङमा उपलब्ध हुनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button