प्रधानमन्त्री शाहले आज दिउँसो ३ बजे मन्त्रीपरिषद बैठक बोलाए

ड्रागन मिडिया सम्वाददाता
प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रीपरिषदको नियमित बैठक बोलाएका छन्।
बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बस्ने तय भएको छ।
सरकारका समसामयिक विषय तथा नियमित प्रशासनिक कार्यसूचीमाथि छलफल गर्न बैठक बोलाइएको हो।
बैठकमा विभिन्न मन्त्रालयबाट पेस भएका प्रस्तावमाथि छलफल हुने र आवश्यक नीतिगत तथा प्रशासनिक निर्णय गरिने अपेक्षा गरिएको छ।
पछिल्ला राजनीतिक तथा प्रशासनिक विषयसमेत बैठकमा छलफलका लागि आउन सक्ने भए पनि विस्तृत कार्यसूची सार्वजनिक गरिएको छैन।





