उपरथी पहाडी र महासेनानी आचार्यलाई दर्ज्यानी चिन्ह प्रदान

ड्रागन मिडिया सम्वाददाता
नेपाली सेनाका नवनियुक्त उपरथी विश्वबन्धु पहाडी र प्राविधिक महासेनानी डा. इन्दिरा आचार्यलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
बुधबार जङ्गी अड्डामा आयोजित विशेष समारोहमा प्रधान सेनापति महारथी अशोकराज सिग्देलले पदोन्नति भएका दुवै सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
गत साउन २६ गतेको निर्णयअनुसार प्राविधिक सहायक रथी पहाडी उपरथी दर्जामा पदोन्नति भएका थिए। सोही अवसरमा प्रमुख सेनानीबाट प्राविधिक महासेनानीमा पदोन्नति भएकी डा. आचार्यलाई पनि प्रधान सेनापति सिग्देलले नयाँ दर्जाको चिन्ह प्रदान गरे।
दर्ज्यानी चिन्ह प्रदान समारोहमा बलाधिकृत, रथीवृन्द तथा नेपाली सेनाका विभिन्न तहका अधिकृतहरूको उपस्थिति रहेको थियो।





