१८ भाद्र २०८३, बिहीबार

प्रधानमन्त्री शाह शुक्रबार पोखरा हुँदै मुस्ताङ जाने

ड्रागन मिडिया सम्वाददाता

प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार पोखरा हुँदै मुस्ताङ जाने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री शाहको शुक्रबार पोखरा हुँदै मुस्ताङ पुग्ने कार्यतालिका तय भएको छ। भ्रमणका क्रममा मुस्ताङमा उनले गर्ने कार्यक्रम र भेटघाटबारे भने विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

प्रधानमन्त्री शाह मुस्ताङबाहेक अन्य कुन कुन स्थानमा जाने तथा भ्रमण कति दिनको हुने भन्ने विषय पनि खुलाइएको छैन।

यता, कास्की प्रशासनलाई भने प्रधानमन्त्रीको पोखरा आगमनबारे बिहीबार साँझसम्म औपचारिक जानकारी प्राप्त भएको छैन।

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले प्रधानमन्त्री पोखरा आउने कार्यक्रमबारे आफूलाई हालसम्म जानकारी नआएको बताए।

प्रधानमन्त्रीको भ्रमणसम्बन्धी विस्तृत कार्यतालिका तथा सुरक्षा व्यवस्थापनबारे सम्बन्धित निकायबाट थप जानकारी आउन बाँकी छ।

प्रधानमन्त्री शाह पछिल्लो समय विभिन्न सरकारी निकायको कामकारवाही तथा विकास आयोजनाको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन स्थलगत भ्रमणमा जाने गरेका छन्। शुक्रबारको मुस्ताङ भ्रमणको औपचारिक उद्देश्य भने प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरिसकेको छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button