१८ भाद्र २०८३, बिहीबार

नेपाल प्रहरीका देशभरका कार्यालय प्रमुखलाई आईजीपी कार्कीको निर्देशन

ड्रागन मिडिया सम्वाददाता

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीअन्तर्गत देशभर रहेका विभिन्न कार्यालयका प्रमुखहरूलाई समसामयिक सुरक्षा अवस्था, प्रहरी परिचालन र संगठनात्मक जिम्मेवारीका विषयमा निर्देशन दिएका छन्।

प्रहरी महानिरीक्षक कार्कीले भर्चुअल माध्यमबाट प्रहरी प्रधान कार्यालयअन्तर्गतका ब्यूरो, प्रदेश तथा जिल्ला प्रहरी संरचना, प्रशिक्षण प्रतिष्ठान तथा शिक्षालय, अपराध अनुसन्धान, ट्राफिक, विमानस्थल सुरक्षा, विशेष सुरक्षा, विपद व्यवस्थापन र अन्य परिचालन इकाइका प्रमुखहरूलाई सम्बोधन गरेका हुन्।

निर्देशन कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, सबै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, नेपाल प्रहरी शिक्षालय भरतपुर तथा नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहका प्रमुख सहभागी थिए।

त्यस्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, प्रदेश प्रहरी तालिम केन्द्र, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, विशेष सुरक्षा गण, प्रदेश प्रहरी गण तथा जिल्ला प्रहरी परिसर र जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू पनि भर्चुअल बैठकमा सहभागी भएका थिए।

सबै अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, काठमाडौं उपत्यका विशेष सुरक्षा गण त्रिपुरेश्वर, काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ महाराजगञ्ज, नेपाल प्रहरी पहरा गण सामाखुशी, काठमाडौं उपत्यका प्रहरी शिक्षालय, नेपाल प्रहरी विद्यालय, प्रदेश विपद व्यवस्थापन गुल्म तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूलाई समेत निर्देशन दिइएको थियो।

यसैगरी मुद्दा चल्ने ‘क’ श्रेणीका प्रहरी वृत्त, वडा प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयका प्रमुखहरू पनि कार्यक्रममा सहभागी थिए।

प्रहरी महानिरीक्षक कार्कीले समसामयिक परिस्थितिअनुसार सुरक्षा चुनौतीको मूल्याङ्कन गर्दै प्रहरी परिचालन प्रभावकारी बनाउन, अपराध नियन्त्रण तथा अनुसन्धानलाई परिणाममुखी बनाउन र मातहतका कार्यालयबीच समन्वय सुदृढ गर्नुपर्ने विषयमा निर्देशन दिएको जनाइएको छ।

देशभरका प्रमुख प्रहरी इकाइलाई एकैपटक भर्चुअल माध्यमबाट गरिएको सम्बोधनलाई संगठनभित्र समान कार्यदिशा, समन्वय र कमाण्ड प्रभावकारिता कायम गर्ने प्रयासका रूपमा हेरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button