१८ भाद्र २०८३, बिहीबार

रुसमा हुने KARDO अवार्डमा नेपालबाट १० सदस्यीय टोली सहभागी हुने, भिसा सहजीकरणबारे छलफल

ड्रागन मिडिया सम्वाददाता

रुसमा आयोजना हुने अन्तर्राष्ट्रिय KARDO अवार्डमा नेपालबाट सहभागी हुने खेलाडी तथा प्रतिनिधिहरूको सहभागिता र भिसा प्रक्रियालाई सहज बनाउने विषयमा काठमाडौंस्थित रुसी दूतावाससँग छलफल भएको छ।

रुसी दूतावासको प्रोटोकल तथा द्विपक्षीय सम्बन्ध शाखाका प्रमुख इल्दार काशिमोभसँग भएको भेटमा नेपालबाट सहभागी हुने १० जना खेलाडी तथा प्रतिनिधिको यात्रा, सहभागिता र भिसा प्रक्रियासम्बन्धी विषयमा छलफल गरिएको हो।

KARDO सडक खेलकुद तथा संस्कृतिसँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रतियोगिता तथा अवार्ड हो। यसको सन् २०२६ को ग्रान्ड फाइनल सेप्टेम्बर १६ देखि २० सम्म रुसको भ्लादिभोस्तोकमा आयोजना हुँदैछ।

आयोजकका अनुसार प्रतियोगितामा ६० भन्दा बढी देशका उत्कृष्ट प्रतिनिधि सहभागी हुनेछन्। प्रतियोगिताअन्तर्गत बीएमएक्स, स्केटबोर्डिङ, पार्कुर, वर्कआउट, ग्राफिटी, ब्रेकिङ, हिपहप, र्‍याप, डीजेइङलगायत सडक खेलकुद र संस्कृतिका विभिन्न विधा समावेश छन्।

भेटमा नेपाली टोलीको सहज सहभागिताका लागि आवश्यक समन्वयका साथै खेलकुद तथा युवा आदानप्रदानमार्फत नेपाल र रुसबीचको जनस्तरीय सम्बन्ध विस्तार गर्न सकिने सम्भावनाबारे पनि छलफल भएको थियो।

KARDO जस्ता अन्तर्राष्ट्रिय मञ्चमा नेपाली युवाको सहभागिताले खेलकुद प्रतिभालाई विश्वस्तरमा प्रस्तुत गर्ने अवसर दिनुका साथै नेपाल र रुसबीच खेलकुद, युवा तथा सांस्कृतिक सहकार्य विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button