१८ भाद्र २०८३, बिहीबार

प्रधानमन्त्री शाह मुस्ताङको खम्पा गुम्बा दर्शनका लागि निजी भ्रमणमा गएको शाहीको दाबी

ड्रागन मिडिया सम्वाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङको खम्पा गुम्बा दर्शनका लागि निजी भ्रमणमा गएको दाबी गरेका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शाहीले प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणलाई लिएर भइरहेको प्रचारप्रति असहमति जनाएका हुन्।

उनले प्रधानमन्त्री निजी भ्रमणमा गएकाले ठूलो सङ्ख्यामा सुरक्षाकर्मीको लावालस्कर लिएर हिँड्नैपर्ने आवश्यकता नरहेको बताए।

“प्रधानमन्त्री आफ्नो निजी भ्रमणमा मुस्ताङको खम्पा गुम्बा दर्शन गर्न जानुभएको हो। निजी भ्रमणमा पनि सुरक्षाकर्मीको लावालस्कर नै लिएर हिँड्नुपर्छ भन्ने छैन,” शाहीले सामाजिक सञ्जालमा लेखेका छन्।

उनले प्रधानमन्त्रीको व्यक्तिगत भ्रमणलाई अनावश्यक रूपमा राजनीतिक विषय बनाउन नहुने धारणा राखेका छन्। प्रधानमन्त्रीलाई केही समय आफ्नो निजी जीवन र व्यक्तिगत समय स्वतन्त्र रूपमा बिताउन दिनुपर्ने उनको भनाइ छ।

शाहीले हरेक गतिविधिलाई राजनीतिक रंग दिएर प्रचार गर्नु उचित नहुनेसमेत बताएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button