१७ भाद्र २०८३, बुधबार

निरुता सिंह र उत्तम प्रधानको पुनर्मिलन ‘सारथी’, नोभेम्बर २७ मा प्रदर्शन

ड्रागन मिडिया सम्वाददाता

लामो समयपछि निरुता सिंह र उत्तम प्रधानलाई पुनः एउटै पर्दामा ल्याएको नेपाली चलचित्र ‘सारथी’ आगामी नोभेम्बर २७ देखि प्रदर्शनमा आउने भएको छ।

कुमार गजुरेल निर्देशित चलचित्रको अधिकांश छायाङ्कन म्याग्दीको दुर्गम गुर्जाखानी क्षेत्रमा गरिएको छ। चलचित्रले स्थानीय जीवनशैली, संस्कृति, प्राकृतिक सौन्दर्य र सामाजिक सम्बन्धलाई कथासँग जोडेर प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ।

विशेषगरी छन्त्याल तथा दलित समुदायको परम्परागत जीवन, गुर्जा र चुरेन हिमाल आसपासको प्राकृतिक परिवेश तथा ग्रामीण नेपालको सामाजिक संरचनालाई चलचित्रमा स्थान दिइएको छ।

निरुता सिंह र उत्तम प्रधान नेपाली चलचित्रको एक समयको चर्चित जोडी हुन्। लामो अन्तरालपछि उनीहरूको पुनर्मिलनले ‘सारथी’प्रति दर्शकको चासो बढाएको छ।

किम्भे प्रोडक्सन्स र धिरज इन्फिनिटी फिल्म्सको सहकार्यमा निर्माण गरिएको चलचित्रका निर्माता तारा थापा ‘किम्भे’ र सौर्यल थापा हुन्।

चलचित्रले मनोरञ्जनसँगै कम प्रचारमा रहेका नेपाली ग्रामीण भूगोल र संस्कृतिलाई पर्दामार्फत परिचित गराउने लक्ष्य राखेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button