१७ भाद्र २०८३, बुधबार

कालभैरवको पूजाआजाले डर र नकारात्मक शक्ति हट्ने जनविश्वास

ड्रागन मिडिया सम्वाददाता

विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको कालभैरव मन्दिरमा दर्शन, पूजाआजा तथा दीप प्रज्वलनका लागि भक्तजनको नियमित उपस्थिति रहने गरेको छ।

नेपाली धार्मिक तथा सांस्कृतिक परम्परामा कालभैरवलाई भगवान शिवको उग्र स्वरूपका रूपमा पूजा गरिन्छ। कालभैरवको दर्शन तथा पूजाआजा गर्दा मनको डर हट्ने, दशाग्रहको प्रभाव कम हुने, पारिवारिक कलह शान्त हुने र मानसिक शान्ति प्राप्त हुने जनविश्वास छ।

यसैगरी अकाल मृत्युबाट रक्षा हुने तथा नकारात्मक शक्तिको प्रभाव नष्ट हुने विश्वासका साथ भक्तजनले मन्दिरमा दीप प्रज्वलन, पूजा र प्रार्थना गर्ने गर्छन्। विशेष धार्मिक अवसरका साथै सामान्य दिनमा पनि स्वदेशी तथा विदेशी दर्शनार्थी कालभैरवको दर्शनका लागि हनुमानढोका पुग्ने गरेका छन्।

काठमाडौं दरबार क्षेत्रको कालभैरव मूर्ति धार्मिक आस्थासँगै नेपालको मध्यकालीन कला, संस्कृति र सम्पदाको महत्वपूर्ण प्रतीकका रूपमा समेत परिचित छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button