१७ भाद्र २०८३, बुधबार

उपरथी भण्डारी र थापासहित पदोन्नत अधिकृतलाई प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

ड्रागन मिडिया सम्वाददाता

प्रधान सेनापति महारथी अशोक राज सिग्देलले उपरथी तथा महासेनानी दर्जामा पदोन्नति भएका नेपाली सेनाका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

जंगी अड्डामा सोमबार आयोजित विशेष कार्यक्रममा प्रधान सेनापति सिग्देलले भदौ ५ गतेदेखि उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी द्रव्यराम भण्डारी र सहायक रथी रन्जित थापा पीएचडीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

सोही अवसरमा महासेनानी दर्जामा पदोन्नति भएका चार जना प्रमुख सेनानीलाई समेत प्रधान सेनापति सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेको नेपाली सेनाले जनाएको छ।

समारोहमा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरूसँगै पदोन्नति भएका अधिकृतका परिवारजनको समेत उपस्थिति रहेको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button