१७ भाद्र २०८३, बुधबार

नियमित स्वास्थ्य परीक्षणपछि सभामुख अर्याल निवास फर्किए

ड्रागन मिडिया सम्वाददाता

सभामुख डीपी अर्याल नियमित स्वास्थ्य परीक्षण सम्पन्न गरी निवास फर्केका छन्।

उनी स्वास्थ्य परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालअन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए।

सभामुखको सचिवालयका अनुसार नियमित स्वास्थ्य परीक्षणका सबै प्रक्रिया पूरा भएपछि अर्याल निवास फर्किएका हुन्।

सचिवालयले उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button