प्रतिनिधिसभा बैठक बुधबारसम्म स्थगित

ड्रागन मिडिया सम्वाददाता
मंगलबार अपराह्न १ बजेका लागि तय भएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ।
संघीय संसद सचिवालयका अनुसार विशेष कारणवश निर्धारित समयमा बैठक बस्न नसक्ने भएपछि अर्को बैठक बुधबार अपराह्न १ बजे बस्ने गरी तय गरिएको हो।
प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख डोलप्रसाद अर्यालले भदौ १० गते बुधबार अपराह्न १ बजे बैठक बस्ने गरी नयाँ समय निर्धारण गरेका हुन्।
संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा बैठक स्थगित गर्नुको विस्तृत कारण भने उल्लेख गरिएको छैन।





