आउटसोर्सिङमार्फत श्रमिक व्यवस्थापनबारे संसदीय समितिमा छलफल हुँदै

ड्रागन मिडिया सम्वाददाता
प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बिहान १० बजे सिंहदरबारमा बस्दैछ।
संघीय संसद सचिवालयका अनुसार बैठकमा आउटसोर्सिङका माध्यमबाट गरिने श्रमिक व्यवस्थापनका सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने मुख्य कार्यसूची छ।
छलफलका लागि युवा, श्रम तथा रोजगारमन्त्री र मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको छ।
आउटसोर्सिङमार्फत कार्यरत श्रमिकको रोजगारी सुरक्षा, पारिश्रमिक, सामाजिक सुरक्षा तथा रोजगारदाता र सेवा प्रदायक संस्थाबीचको जिम्मेवारीलगायत विषय श्रम व्यवस्थापनसँग प्रत्यक्ष जोडिएका छन्।
समितिको बैठकमा सरोकारवालाका धारणा सुनेर यस क्षेत्रको श्रम व्यवस्थापन र नियमनका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।





