क्वीन्सल्यान्डमा घरमा जबर्जस्ती प्रवेश प्रयास, चक्कु प्रहारबाट एक पुरुष गम्भीरक्वीन्सल्यान्डमा घरमा जबर्जस्ती प्रवेश प्रयास, चक्कु प्रहारबाट एक पुरुष गम्भीर

ड्रागन मिडिया समाचार कक्ष
अस्ट्रेलियाको क्वीन्सल्यान्ड राज्यमा हतियारधारी समूहले एक घरमा जबर्जस्ती प्रवेश गर्ने प्रयास गर्दा भएको आक्रमणमा ४६ वर्षीय पुरुष गम्भीर घाइते भएका छन्।
क्वीन्सल्यान्ड प्रहरीका अनुसार मंगलबार बिहान करिब १ बजेर ३० मिनेटमा बृस्बेनबाट करिब ३० किलोमिटर पूर्वमा रहेको भिक्टोरिया पोइन्टको अल्बाट्रोस स्ट्रिटस्थित घरमा हतियारसहितको समूह प्रवेश गर्ने प्रयास गरेको थियो।
समूहलाई घरका बासिन्दाले प्रतिकार गरेपछि ती पुरुषमाथि पटक पटक चक्कु प्रहार गरिएको प्रहरीले जनाएको छ। आक्रमणपछि समूह घटनास्थलबाट फरार भएको थियो।
घाइते पुरुषलाई प्रिन्सेस एलेक्जान्ड्रा अस्पताल लगिएको छ। उनको अवस्था गम्भीर तर स्थिर रहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटना पूर्वनियोजित तथा निश्चित व्यक्तिलाई लक्षित गरेर गरिएको थियो वा थिएन भन्नेबारे अनुसन्धान भइरहेको जनाएको छ।
घटनासम्बन्धी जानकारी वा आसपासको दृश्य समेटिएको श्रव्यदृश्य सामग्री भएका व्यक्तिलाई अनुसन्धानमा सहयोग गर्न प्रहरीले आग्रह गरेको छ।





