आयोन भी २०२६ मा नाडा अटो शो विशेष अफर

ड्रागन मिडिया सम्वाददाता
नेपालका लागि आयोन विद्युतीय सवारीको आधिकारिक वितरक सीजी मोटर्सले नाडा अटो शो २०२६ का अवसरमा ‘आयोन भी २०२६’ मा विशेष अफर सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार नेपाली ग्राहकको आवश्यकता र रुचिलाई ध्यानमा राख्दै आधुनिक प्रविधि, सुरक्षा, आराम र उच्चस्तरीय सुविधासहितको आयोन भीलाई विशेष मूल्य तथा थप सुविधासहित उपलब्ध गराइएको हो।
काठमाडौंमा जारी नाडा अटो शोमा कम्पनीले प्रिमियम विद्युतीय एसयूभी आयोन भी प्रदर्शन गरिरहेको छ। यसमा आधुनिक बाह्य डिजाइन, स्मार्ट प्रविधि, यात्रु सुरक्षासम्बन्धी सुविधा र आरामदायी आन्तरिक संरचनालाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।
अटो शोका लागि ल्याइएको सीमित अवधिको अफरअन्तर्गत आयोन भी एलिट २०२६ को मूल्य ५९ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ। कम्पनीले आयोन भी लक्जरी २०२६ समेत विशेष अफरसहित उपलब्ध गराएको जनाएको छ।
आयोन भी एलिटमा ६४.५ किलोवाट घण्टा क्षमताको ब्याट्री र १०० किलोवाट क्षमताको विद्युतीय मोटर रहेको छ। कम्पनीका अनुसार यसले एनईडीसी मापदण्डमा एकपटकको पूर्ण चार्जमा ५२० किलोमिटरसम्मको दूरी तय गर्न सक्छ। लक्जरी संस्करणमा ७५.३ किलोवाट घण्टाको ब्याट्री रहेको र यसको दाबी गरिएको दूरी ६५० किलोमिटरसम्म छ। दुवै संस्करणमा २४० न्युटन मिटर अधिकतम टर्क उपलब्ध छ।
विशेष अफरअन्तर्गत ग्राहकलाई ६.६ किलोवाट क्षमताको चार्जर र फ्लोर म्याट निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ। यसका अतिरिक्त नगद छुट, नथिङ फोन, एक वर्षको सडक कर तथा अटो प्लस बिमा सुविधासमेत समावेश गरिएको छ।
आयोन भीमा सातवटा एयरब्यागसहित विभिन्न सक्रिय तथा निष्क्रिय सुरक्षा प्रणाली उपलब्ध रहेको कम्पनीको आधिकारिक विवरणमा उल्लेख छ। उच्च क्षमताको ब्याट्री, प्रशस्त भित्री स्थान र लामो दूरीको यात्रालाई लक्षित सुविधाका कारण यसलाई प्रिमियम विद्युतीय एसयूभीका रूपमा बजारमा प्रस्तुत गरिएको छ।
सीजी मोटर्सले नाडा अटो शोमा आउने आगन्तुकलाई ब्लक ‘ए’ को स्टल नम्बर ‘ए–१’ मा आयोन भीको प्रत्यक्ष अवलोकन गर्न तथा यसका प्रविधि, सुविधा र सवारी क्षमताबारे जानकारी लिन सकिने जनाएको छ।





