यू–१९ महिला एसिया कप र विश्वकपका लागि नेपालको २८ सदस्यीय प्रारम्भिक टोली घोषणा

ड्रागन मिडिया सम्वाददाता
नेपाल क्रिकेट संघ (क्यान) ले आसन्न यू–१९ महिला एसिया कप तथा आगामी वर्ष आयोजना हुने आईसीसी यू–१९ महिला विश्वकपको तयारीका लागि सोनी पाख्रिनको कप्तानीमा २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ।
क्यानले पहिलो चरणको बन्द प्रशिक्षणका लागि खेलाडी छनोट गरेको हो। बन्द प्रशिक्षणपछि प्रदर्शन र आवश्यकताका आधारमा अन्तिम टोली घोषणा गरिनेछ।
प्रारम्भिक टोलीमा कप्तान सोनी पाख्रिनसहित प्रथा श्रेष्ठ, रचना चौधरी, चन्द्रमाया बराल, कुसुम गोदार, रञ्जना साउद, ज्योत्स्निका मरासिनी, तिर्सना विश्वकर्मा, रिया शर्मा, प्रिन्सा राना मगर, टीका साह, पूर्णिमा राजवंशी र अञ्जिला पाठक छन्।
त्यस्तै, आसना चौधरी, सुप्रिया बुढा मगर, प्रतिमा साह, साक्षी यादव, आरती महतो, सावित्री धामी, मनीषा चौधरी, जयन्ती भण्डारी, आशिकाकुमारी महरा, अञ्जु पार्की, सोनाम जोशी, अनु कडायत, मनीषाकुमारी उपाध्याय, सना प्रवीण र अलिसाकुमारी यादवले पनि प्रारम्भिक टोलीमा स्थान बनाएका छन्।
प्रारम्भिक टोलीमा रहेका केही खेलाडीले यसअघि नेपालको सिनियर महिला राष्ट्रिय क्रिकेट टोलीबाट समेत प्रतिनिधित्व गरिसकेका छन्। यसले युवा टोलीमा अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडी र नयाँ प्रतिभाको संयोजन तयार हुने अपेक्षा गरिएको छ।
क्यानले बन्द प्रशिक्षणबाट खेलाडीको प्रदर्शन मूल्याङ्कन गर्दै एसिया कप र यू–१९ महिला विश्वकपका लागि अन्तिम टोली छनोट गर्नेछ।





