नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ५.१३ प्रतिशत ब्याजमा गाडी कर्जा दिने

ड्रागन मिडिया सम्वाददाता
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै वार्षिक ५.१३ प्रतिशत ब्याजदरमा विशेष गाडी कर्जा योजना सार्वजनिक गरेको छ।
बैंकका अनुसार सीमित अवधिका लागि ल्याइएको योजनाअन्तर्गत कर्जा सेवा शुल्क ०.५ प्रतिशत मात्र कायम गरिएको छ। आवश्यक कागजात तथा कर्जा प्रक्रियासम्बन्धी सबै प्रक्रिया पूरा भए तीन कार्यदिनभित्र कर्जा प्रवाह गरिने बैंकले जनाएको छ।
नयाँ सवारीसाधन खरिदका लागि आवश्यक वित्तीय स्रोतलाई सरल र छिटो रूपमा उपलब्ध गराउने उद्देश्यले योजना ल्याइएको बैंकको भनाइ छ।
प्रतिस्पर्धी ब्याजदर, न्यून सेवा शुल्क र छोटो अवधिमै कर्जा प्रवाह गर्ने व्यवस्थाले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई वित्तीय व्यवस्थापनमा सहजता पुग्ने बैंकले अपेक्षा गरेको छ।
यो विशेष गाडी कर्जा योजना सीमित अवधिका लागि लागू हुनेछ। इच्छुक ग्राहकले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका देशभरका शाखाबाट कर्जासम्बन्धी सुविधा तथा आवश्यक जानकारी प्राप्त गर्न सक्नेछन्।





