१७ भाद्र २०८३, बुधबार

स्काइवेल बीई ११ नेपालमा सार्वजनिक, नाडा अटो शोमा विशेष मूल्य

ड्रागन मिडिया सम्वाददाता

चिनियाँ विद्युतीय सवारी ब्रान्ड स्काइवेलको बीई ११ मोडल एलएमआर मोटर्सले नेपालमा सार्वजनिक गरेको छ। काठमाडौंमा जारी नाडा अटो शो २०२६ को अवसर पारेर कम्पनीले विभिन्न भेरियन्टसहित बीई ११ औपचारिक रूपमा सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार ४१० किलोमिटर रेन्ज दिने बीई ११ इन्ट्री भेरियन्टको नियमित मूल्य ४९ लाख ९१ हजार रुपैयाँ तोकिएको छ। सोही रेन्ज दिने कम्फर्ट भेरियन्टको मूल्य ५५ लाख ९१ हजार र लक्जरी भेरियन्टको मूल्य ५६ लाख ९१ हजार रुपैयाँ कायम गरिएको छ।

त्यस्तै, ५२० किलोमिटर रेन्ज दिने बीई ११ भेरियन्टको नियमित मूल्य ६४ लाख ९१ हजार रुपैयाँ तोकिएको एलएमआर मोटर्सले जनाएको छ।

नाडा अटो शो अवधिका लागि कम्पनीले यी सबै भेरियन्टमा विशेष मूल्यसमेत सार्वजनिक गरेको छ। एलएमआर मोटर्सका महाप्रबन्धक समीर राईका अनुसार ४१० किलोमिटर रेन्ज दिने इन्ट्री भेरियन्ट अटो शो अवधिमा ४६ लाख ९१ हजार रुपैयाँमा उपलब्ध हुनेछ।

त्यस्तै, कम्फर्ट भेरियन्टको विशेष मूल्य ५३ लाख ९१ हजार, लक्जरी भेरियन्टको ५४ लाख ९१ हजार र ५२० किलोमिटर रेन्ज दिने भेरियन्टको ५९ लाख ९१ हजार रुपैयाँ कायम गरिएको छ।

स्काइवेल बीई ११ यसअघि पनि नेपाली बजारमा उपलब्ध रहेको विद्युतीय एसयूभी हो। उत्पादक कम्पनीले यसअघिको आधिकारिक वितरकसँगको सम्झौता सन् २०२६ जुनमा अन्त्य गरेको थियो। त्यसपछि नयाँ व्यावसायिक व्यवस्थापनअन्तर्गत एलएमआर मोटर्सले नाडा अटो शोमार्फत ब्रान्डलाई पुनः नेपाली बजारमा प्रस्तुत गरेको हो।

बीई ११ लाई लामो रेन्ज, ठूलो आकार र उच्चस्तरीय सुविधासहितको विद्युतीय एसयूभीका रूपमा बजारमा राखिएको छ। नाडा अटो शो विशेष मूल्यले नेपालमा तीव्र प्रतिस्पर्धामा रहेको विद्युतीय सवारी बजारमा स्काइवेलको उपस्थितिलाई थप विस्तार गर्ने कम्पनीको अपेक्षा छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button