१७ भाद्र २०८३, बुधबार

राज कठायतविरुद्ध पाँच दिन म्याद थप, प्रहरीमाथि अभद्र व्यवहार र हातपातको अनुसन्धान

ड्रागन मिडिया सम्वाददाता

काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार तथा हातपात गरेको आरोपमा पक्राउ परेका राज कठायतविरुद्ध प्रहरीले अनुसन्धान अघि बढाएको छ।

जुम्लाको तातोपानी गाउँपालिकाका कठायतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार बानेश्वरबाट थापागाउँ जाने सडकखण्डमा सोमबार बिहान ड्युटीमा खटिएका प्रहरीले पैदलयात्री कठायतलाई आकाशे पुल प्रयोग गरेर सडक पार गर्न आग्रह गरेका थिए। तर उनले प्रहरीको निर्देशन नमानी विवाद गर्दै अभद्र व्यवहार तथा हातपात गरेपछि नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार कठायतविरुद्ध राष्ट्रसेवकलाई काममा बाधा पुर्‍याएको र अभद्र व्यवहार गरेको कसुरमा अनुसन्धान भइरहेको छ।

अनुसन्धान पूरा भएपछि प्राप्त प्रमाणका आधारमा उनीविरुद्ध थप कानुनी कारवाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button