१७ भाद्र २०८३, बुधबार

एनसेलद्वारा बाढी प्रभावित क्षेत्रमा तीन दिन भ्वाइस, डेटा र १०० एसएमएस निःशुल्क

ड्रागन मिडिया सम्वाददाता

एनसेलले बुधबार बिहानको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनका लागि भ्वाइस र डेटा सेवा निःशुल्क उपलब्ध गराउने भएको छ। कम्पनीले प्रभावित क्षेत्रका ग्राहकलाई तीन दिनसम्म प्रयोग गर्न मिल्ने १०० वटा एसएमएससमेत निःशुल्क दिने जनाएको छ।

कम्पनीका अनुसार विपदका बेला प्रभावित क्षेत्रका बासिन्दा तथा त्यहाँ रहेका सर्वसाधारणलाई परिवार, आफन्त र उद्धार टोलीसँग सम्पर्कमा रहन सहज बनाउने उद्देश्यले यस्तो सुविधा उपलब्ध गराइएको हो।

बाढीका कारण सडक, विद्युत र अन्य पूर्वाधार प्रभावित भएका अवस्थामा सञ्चार सेवा निरन्तर रहनु अत्यन्त महत्वपूर्ण हुने भएकाले निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाले आपतकालीन सम्पर्क तथा सूचना आदानप्रदानमा सहयोग पुग्ने एनसेलको अपेक्षा छ।

एनसेलले विगतमा पनि विभिन्न विपदका समयमा खोज, उद्धार तथा राहत कार्यमा सहयोग गर्दै आएको उल्लेख गर्दै हालको निर्णय पनि प्रभावित क्षेत्रमा आपतकालीन सञ्चार सेवा सुनिश्चित गर्ने उद्देश्यले गरिएको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button