१७ भाद्र २०८३, बुधबार

भोटेकोशी बाढीपछि रसुवाको जलविद्युत आयोजनामा कार्यरत डडेल्धुराका ९ जना सम्पर्कविहीन

ड्रागन मिडिया सम्वाददाता

भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवास्थित जलविद्युत आयोजनामा कार्यरत डडेल्धुराको आलीताल गाउँपालिकाका नौ जना सम्पर्कविहीन भएका छन्।

सम्पर्कविहीन हुनेमा आलीताल गाउँपालिका–३ कान्तिपुर गाउँका गोविन्द रामजाली, सुन्दर बुढामगर, दिनेश रामजाली, उमेश बुढा, लक्ष्मण रामजाली र गौरव रामजाली रहेका छन्।

त्यसैगरी आलीताल गाउँपालिका–७ नाउलीका किरण घर्तीमगर, दीपक घर्ती र राजेश घर्तीमगर पनि सम्पर्कविहीन रहेको आलीताल गाउँपालिका–३ का वडाध्यक्ष बलबहादुर बुढामगरले जानकारी दिएका छन्।

उनीहरू रसुवास्थित जलविद्युत आयोजनामा कार्यरत रहेको र बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्क हुन नसकेको बताइएको छ।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीले नौ जना सम्पर्कविहीन भएको मौखिक जानकारी प्राप्त भएको बताएका छन्। घटनाबारे आधिकारिक रूपमा थप विवरण यकिन गर्ने काम भइरहेको उनले जानकारी दिए।

रसुवामा आएको बाढीले जलविद्युत आयोजना, सडक, पुल, बजार तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ। विभिन्न आयोजना तथा प्रभावित क्षेत्रमा कार्यरत ठूलो संख्याका मानिससँग सञ्चार सम्पर्क विच्छेद भएकाले उनीहरूको अवस्था यकिन गर्न खोज तथा उद्धार कार्य जारी छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button