१७ भाद्र २०८३, बुधबार

उद्योगी राजेन्द्र राउतले रसुवा बाढीपीडितलाई ११ लाख रुपैयाँ सहयोग

ड्रागन मिडिया सम्वाददाता

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष तथा उद्योगी राजेन्द्र राउतले रसुवा बाढीबाट प्रभावित नागरिकको राहतका लागि ११ लाख रुपैयाँ सहयोग गरेका छन्।

राउतले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। बाढीमा ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्दै उनले मृतकका परिवार, घाइते तथा घरबारविहीन बनेका प्रभावितलाई सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरेको बताएका छन्।

उनले विपदको यस कठिन अवस्थामा पीडित परिवारलाई राहत र पुनर्स्थापनामा सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको उल्लेख गरेका छन्।

राउतले यसअघि पनि मुलुकका विभिन्न क्षेत्रमा भएका ठूला विपदका समयमा राहत तथा सहयोग जुटाउँदै आएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button