१७ भाद्र २०८३, बुधबार

विक्रम पाण्डेले रसुवा बाढीपीडितका लागि एक करोड रुपैयाँ सहयोग गर्ने

ड्रागन मिडिया सम्वाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डेले रसुवाको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

रसुवामा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै पाण्डेले प्रभावित परिवारको तत्काल आवश्यकता पूरा गर्न उक्त सहयोग उपलब्ध गराउने बताएका हुन्।

उनका अनुसार सहयोग रकम बाढीपीडितका लागि खाद्यान्न, अस्थायी आवास, औषधोपचार तथा पुनर्निर्माणमा उपयोग हुने गरी उपलब्ध गराइनेछ।

“विपदको यो कठिन घडीमा पीडित परिवारलाई साथ दिनु र उहाँहरूको घाउमा मलम लगाउनु हामी सबैको मानवीय कर्तव्य हो,” पाण्डेले भनेका छन्।

उनले रसुवाका बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन विभिन्न संघसंस्था, निजी क्षेत्र र व्यक्तिलाई पनि आआफ्नो तर्फबाट सहयोगका लागि अगाडि आउन आग्रह गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button