१७ भाद्र २०८३, बुधबार

बाढीले बगाएको शवबाट सुनको मुन्द्रा चोरी गरेको आरोपमा दुई जना पक्राउ

ड्रागन मिडिया सम्वाददाता

रसुवाको भोटेकोशी हुँदै आएको भीषण बाढीले बगाएर चितवनसम्म पुर्‍याएको शवबाट सुनको मुन्द्रा चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१ का २५ वर्षीय मदन गुरुङ र वडा नम्बर–२ का ३८ वर्षीय उमेश चौधरी छन्।

बाढीले बगाएर ल्याएको शवको कानमा रहेको सुनको मुन्द्रा निकाल्दै गरेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरेको थियो। उक्त भिडियो व्यापक रूपमा प्रसारित भएपछि घटनामा संलग्न व्यक्तिको पहिचान र खोजी अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीले दुवै जनालाई पोखरा बसपार्क आसपासबाट नियन्त्रणमा लिएको हो। उनीहरूमाथि घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

विपदको संवेदनशील अवस्थामा मृतकको शवबाट गरगहना निकालिएको घटनाप्रति सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो। नेपाल प्रहरीले यसअघि नै शवबाट सामान निकाल्ने, बाढीले बगाएका सामग्री कब्जा गर्ने तथा अन्य अमानवीय र गैरकानुनी गतिविधिमा संलग्नलाई कानुनबमोजिम कारवाही गरिने जनाएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button