१७ भाद्र २०८३, बुधबार

भोटेकोशी बाढी प्रभावितका लागि खिलराज रेग्मीले एक महिनाको पेन्सन सहयोग गरे

ड्रागन मिडिया सम्वाददाता

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग उपलब्ध गराउन सबैसँग आह्वान गरेका छन्।

रेग्मीले नेपाल सरकारद्वारा स्थापित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफ्नो एक महिनाको पेन्सनबापत ८७ हजार रुपैयाँ प्रदान गर्दै विपदको यस घडीमा प्रभावित परिवारलाई सहयोग गर्न आग्रह गरेका हुन्।

उनले समाजका सबै तह र तप्काका नागरिकलाई बाढी प्रभावितको खोजी तथा उद्धारमा सहयोग गर्न अपिल गरे। साथै प्रभावित परिवार तथा बाढीग्रस्त क्षेत्रको पुनःनिर्माणमा हातेमालो गर्न स्वदेश तथा विदेशमा रहेका नेपाली र अन्तर्राष्ट्रिय समुदायलाई समेत अनुरोध गरेका छन्।

भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै रेग्मीले अझै केही व्यक्ति सम्पर्कविहीन रहेको र विदेशी पर्यटकसमेत घटनामा परेको अवस्थाले आफूलाई दुःखी बनाएको बताए।

उनले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button