१७ भाद्र २०८३, बुधबार

विपद प्रभावितको सहयोगका लागि ब्रदर्स एफसीद्वारा ऐक्यबद्धताको आह्वान

ड्रागन मिडिया सम्वाददाता

ब्रदर्स एफसी परिवारले देशमा आएको प्राकृतिक विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्न सबैमा आह्वान गरेको छ।

ब्रदर्स एफसीका अध्यक्ष विवेक सागर पौडेलले विज्ञप्ति जारी गर्दै विपदका कारण ठूलो जनधनको क्षति भएको उल्लेख गरेका छन्। प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन भइरहेको अवस्थामा नागरिक समाज, निजी क्षेत्र, संघसंस्था तथा आम नागरिकको समेत सहकार्य र ऐक्यबद्धता आवश्यक रहेको उनले बताएका छन्।

पौडेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वेच्छिक सहयोग गरी एकद्वार प्रणालीअन्तर्गत सञ्चालन भइरहेको उद्धार तथा राहत अभियानमा हातेमालो गर्न आग्रह गरेका छन्।

सहयोग गर्न चाहने व्यक्तिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषअन्तर्गत एभरेस्ट बैंक लिमिटेडको सिंहदरबार काउन्टरमा रहेको खाता नम्बर २२२२०१००२१६३७१३४ मार्फत रकम जम्मा गर्न सक्ने जनाइएको छ। साथै फोनपे तथा हिमालयन बैंकको क्यूआरमार्फत पनि सहयोग गर्न सकिने ब्रदर्स एफसीले जनाएको छ।

“प्राकृतिक विपदको यस कठिन घडीमा सरकार र नागरिक एकसाथ उभिऔँ, प्रभावित परिवारको दुःखमा साथ दिऔँ र सक्दो सहयोग गरौँ,” पौडेलले अपिलमा उल्लेख गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button