युक्रेनी ड्रोनको जोखिमबीच घाइते रुसी सैनिकलाई काँध र हातगाडाबाट उद्धार

ड्रागन मिडिया समाचार कक्ष
युक्रेनी ड्रोनको अत्यधिक सक्रियताका कारण अग्रपंक्तिबाट घाइते रुसी सैनिकलाई सुरक्षित स्थानमा लैजान चिकित्साकर्मीले काँधमा बोकेर वा हातगाडाको प्रयोग गर्नुपरेको रुसी समाचार संस्था तासले जनाएको छ।
रुसी सैन्य चिकित्सा कम्पनीको घाइते ग्रहण तथा वर्गीकरण पल्टनकी प्रमुख स्याचिनोभालाई उद्धृत गर्दै तासले अग्रपंक्तिमा ड्रोनको निरन्तर जोखिमका कारण परम्परागत सवारीसाधन प्रयोग गरेर घाइतेको उद्धार गर्न कठिन भइरहेको जनाएको हो।
उनका अनुसार यस्तो परिस्थितिमा सैन्य चिकित्साकर्मीले घाइते सैनिकलाई आफैं बोकेर वा साना हातगाडामार्फत अग्रपंक्तिबाट सुरक्षित क्षेत्रमा पुर्याउने गरेका छन्।
अग्रपंक्तिमा मानवरहित हवाई साधनको व्यापक प्रयोगले सैनिक आवागमन, चिकित्सा उद्धार तथा रसद व्यवस्थापनलाई थप चुनौतीपूर्ण बनाएको विवरणमा उल्लेख छ।





