१७ भाद्र २०८३, बुधबार

गोरखामा त्रिशूली किनारमा भेटिएको विस्फोटक पदार्थ नेपाली सेनाद्वारा निष्क्रिय

 

ड्रागन मिडिया सम्वाददाता

गोरखाको शहिद लखन गाउँपालिका–३ सिलिङटारस्थित त्रिशूली नदी किनारमा फेला परेको विस्फोटक पदार्थ नेपाली सेनाले निष्क्रिय पारेको छ।

नेपाली सेनाको रुद्रध्वज गणबाट खटिएको विशेषज्ञ टोलीले शुक्रबार उक्त विस्फोटक पदार्थ सुरक्षित रूपमा निष्क्रिय पारेको हो।

नदी किनारमा बिहीबार दिउँसो करिब साढे २ बजे विस्फोटक पदार्थ फेला परेको थियो। सेनाले बिहीबार नै त्यसलाई निष्क्रिय पार्ने प्रयास गरे पनि सफल हुन नसकेपछि शुक्रबार पुनः कारवाही अघि बढाइएको थियो।

रुद्रध्वज गणका गणपति विरोध रिजालका अनुसार उक्त विस्फोटक पदार्थ रसुवाबाट आएको बाढीले त्रिशूली नदी हुँदै बगाएर ल्याएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी नदीको तल्लो तटीय क्षेत्रमा विभिन्न वस्तु तथा भग्नावशेष बगेर पुगेका छन्। सुरक्षा निकायले नदी किनारमा शंकास्पद वस्तु भेटिएमा नछुन र तत्काल नजिकको सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गर्दै आएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button