१७ भाद्र २०८३, बुधबार

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ अझै बेपत्ता

ड्रागन मिडिया सम्वाददाता

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ५३८ पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार दिउँसो सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अझै ९७७ जना बेपत्ता छन्।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा २२१ जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा १३४, गोरखामा ४६, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको मृत्यु पुष्टि भएको छ।

बाढीले भोटेकोशी र त्रिशूली हुँदै मानिस तथा भग्नावशेषलाई निकै तलसम्म बगाएपछि चितवन र नवलपरासी क्षेत्रमा ठूलो संख्यामा शव फेला परेका हुन्।

बेपत्ता ९७७ जनामध्ये ५१७ जना विदेशी नागरिक रहेको प्राधिकरणले जनाएको छ। नेपाल भ्रमणमा रहेका विदेशमा बसोबास गर्ने १२७ नेपालीसमेत सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ।

बाढी प्रभावित क्षेत्रदेखि त्रिशूली र नारायणी नदीका तल्लो तटीय क्षेत्रसम्म खोजी तथा उद्धार अभियान जारी छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय प्रशासन तथा विपद व्यवस्थापन निकायले बेपत्ताको खोजी, शव संकलन र पहिचानको कामलाई निरन्तरता दिएका छन्।

खोजी कार्य जारी रहेकाले मृतक तथा बेपत्ताको संख्या अझै परिवर्तन हुनसक्ने प्राधिकरणले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button