१७ भाद्र २०८३, बुधबार

एसिसी प्रिमियर कप: बहराइनविरुद्ध टस जितेर नेपालले रोज्यो बलिङ

ड्रागन मिडिया सम्वाददाता

एसियन क्रिकेट काउन्सिल (एसिसी) पुरुष प्रिमियर कपको तेस्रो संस्करणमा नेपालले आफ्नो पहिलो खेलमा बहराइनविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा भएको टसमा नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेले फिल्डिङ रोजेपछि बहराइनले पहिले ब्याटिङ गर्ने भएको हो।

सन् २०२७ को एसिया कपमा स्थान बनाउने लक्ष्यसहित प्रतियोगितामा सहभागी नेपाल बहराइनलाई पराजित गर्दै सुखद शुरुवात गर्ने योजनामा छ। एकदिवसीय क्रिकेटमा नेपाल र बहराइन पहिलोपटक आमनेसामने हुँदैछन्।

नेपाल समूह ‘ए’ मा छ। यस समूहमा बहराइन, आयोजक मलेसिया, हङकङ र साउदी अरेबिया पनि रहेका छन्।

नेपालले समूह चरणको दोस्रो खेल भदौ १८ गते आयोजक मलेसियासँग खेल्नेछ। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् भने प्रतियोगिताको विजेताले सन् २०२७ को एसिया कपमा स्थान बनाउनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button