भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग छुट्टाछुट्टै ब्रिफिङ लिँदै

ड्रागन मिडिया सम्वाददाता
प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण उत्पन्न संकट, खोज तथा उद्धार र राहत व्यवस्थापनबारे देशका सुरक्षा निकायका प्रमुखहरूसँग छुट्टाछुट्टै छलफल शुरु गरेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार शाहले केहीबेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग हालसम्म भएका खोज, उद्धार, राहत तथा विपद व्यवस्थापनका कार्यबारे विस्तृत ब्रिफिङ लिएका छन्।
प्रधानमन्त्री शाहले सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि बाढी प्रभावित क्षेत्रमा भइरहेको परिचालन, खोज तथा उद्धार र राहत व्यवस्थापनको अवस्थाबारे ब्रिफिङ लिने कार्यक्रम छ।
त्यसैगरी नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि आजै छुट्टै ब्रिफिङ लिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भोटेकोशी बाढीपछि खोज तथा उद्धार, बेपत्ताको खोजी, प्रभावितको राहत तथा व्यवस्थापनमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालित छन्।





