रसुवागढी जलविद्युत आयोजनाको सुरुङमा खोजी सम्पन्न, कोही फेला परेनन्

ड्रागन मिडिया सम्वाददाता
रसुवा बाढीपछि रसुवागढी जलविद्युत आयोजनाको सुरुङभित्र मानिस फसेको आशंकामा गरिएको खोजी कार्य सम्पन्न भएको नेपाली सेनाले जनाएको छ।
करिब २५० मिटर लामो सुरुङमध्ये नेपाली सेनाको उद्धार टोली २२५ मिटरसम्म पुगेको थियो। तर त्यहाँ कुनै व्यक्ति वा मानव उपस्थितिको संकेत फेला नपरेपछि टोली फर्किएको हो।
खोजीका क्रममा सुरुङभित्र ड्रोनसमेत प्रयोग गरिएको नेपाली सेनाले जनाएको छ।
सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएपछि खोजी कार्य औपचारिक रूपमा सम्पन्न गरिएको छ। खोजी तथा उद्धारमा खटिएको नेपाली सेनाको टोली त्यसपछि रसुवाको धुन्चे फर्किएको छ।





