१७ भाद्र २०८३, बुधबार

कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समय भदौ १९ सम्म थप्यो

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसले क्रियाशील सदस्यहरूको सदस्यता नवीकरण तथा अद्यावधिक गर्ने समयावधि आगामी भदौ १९ गतेसम्म थप गरेको छ।

ललितपुरस्थित बी.पी. स्मृति भवनमा रहेको पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले नवीकरण तथा अद्यावधिक गर्न बाँकी रहेका क्रियाशील सदस्यलाई थप समय उपलब्ध गराउने निर्णय गरेको हो।

पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बैठक बसेको थियो।

पार्टीको बृहत्तर हित, आन्तरिक एकता तथा सदस्यहरूको मागलाई ध्यानमा राख्दै यसअघि सदस्यता नवीकरण तथा अद्यावधिक गर्न छुटेका क्रियाशील सदस्यलाई थप अवसर प्रदान गरिएको कांग्रेसले जनाएको छ।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिअनुसार यसअघि नवीकरण तथा अद्यावधिक गर्न छुटेका क्रियाशील सदस्यले भदौ १५ देखि १९ गतेसम्म आफ्नो सदस्यता नवीकरण तथा विवरण अद्यावधिक गर्न सक्नेछन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button