१७ भाद्र २०८३, बुधबार

प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

ड्रागन मिडिया सम्वाददाता

प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच सोमबार सिंहदरबारमा भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको खोज, उद्धार, राहत वितरण तथा नागरिक व्यवस्थापनका विषयमा छलफल भएको हो।

भेटका क्रममा प्रभावित नागरिकको उद्धार र राहतसँगै क्षति पुगेका संरचनाको पुनःस्थापनाबारे पनि कुराकानी भएको थियो।

प्रधानमन्त्री शाहले विपद प्रभावित क्षेत्रमा नागरिकको जीउधनको रक्षा, राहत सामग्रीको सहज पहुँच र पुनःस्थापनाका लागि सरकारी संयन्त्र पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी लामिछानेलाई गराएका थिए।

यसअघि प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रको अवस्था, खोज तथा उद्धार र राहत व्यवस्थापनबारे सुरक्षा निकायका प्रमुखहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button