बाढीपीडितका लागि नेपाल निवृत्त शिक्षक समाज बाँकेद्वारा राहत सहयोग

ड्रागन मिडिया सम्वाददाता
नेपाल निवृत्त शिक्षक समाज बाँकेले भदौ १० गते आएको महाप्रलयंकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि आर्थिक सहयोग जुटाएको छ।
समाजको आज बसेको बैठकले बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दिवंगत आत्माको चीरशान्ति र वैकुण्ठबासको कामना गरेको छ। बैठकले घाइतेहरूको उचित उपचार व्यवस्था गर्न सरकारसँग अनुरोध गर्दै सुरुङभित्र फसेका तथा बेपत्ता नागरिकको खोजी र उद्धारमा खटिएका टोलीको सफलता र सबैको सकुशल उद्धारको कामनासमेत गरेको छ।
बाढीपीडितलाई राहत उपलब्ध गराउने केन्द्रीय निर्णयअनुसार समाजको बाँके जिल्ला कोषबाट रु ५ हजार सहयोग गर्ने निर्णय भएको छ। त्यससँगै कार्यसमितिका सदस्य, पदाधिकारी, सल्लाहकार तथा आजीवन सदस्यहरूले स्वेच्छिक रूपमा थप रु १९ हजार ७५५ सहयोग गरेका छन्। यससँगै हालसम्म कुल रु २४ हजार ७५५ सहयोग जुटेको छ।
सहयोग गर्नेहरूमा रुद्रबहादुर वली रु २ हजार, द्रोणबहादुर थापा रु १ हजार, ललिता उपाध्याय रु १ हजार १००, सुन्दरबहादुर गुरुङ रु १ हजार, सारेन्स श्रीवास्तव रु १ हजार १००, सरस्वती शर्मा रु १ हजार, सुशीला चन्द रु १ हजार, शेरबहादुर केसी रु १ हजार र शहजाद अलि गुजर रु ५०० रहेका छन्।
त्यस्तै श्याम बुढा रु १ हजार, गंगाराम रोका रु १ हजार, गोविन्द घिमिरे रु १ हजार, शशिनाथ भट्टराई रु १ हजार, शुष्मा शर्मा रु १ हजार ५५, बलिराम हरिजन रु १ हजार ५००, चिन्ताराम शर्मा रु १ हजार ५००, मोहनलाल खड्का रु १ हजार र शारदा प्रसाद कोइरालाले रु १ हजार सहयोग गरेका छन्।
बैठकले सहयोग गर्न बाँकी सदस्य तथा शुभेच्छुकलाई भदौ १६ गतेसम्म स्वेच्छिक सहयोग रकम बुझाउन अनुरोध गरेको छ। संकलित सम्पूर्ण रकम त्यसको भोलिपल्ट सम्बन्धित उद्धार कोषमा जम्मा गर्ने निर्णयसमेत गरिएको समाजले जनाएको छ।
समाजले विपदको कठिन घडीमा पीडित नागरिकको राहत, घाइतेको उपचार तथा बेपत्ताको खोजी र उद्धारमा सबै पक्षले आ–आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गरेको छ।





