नेपालको सुरक्षा र स्वाधिनता को रक्षाको निम्ति सजग बनौ र सरकारलाई पनि खवरदारी गरौ!

#देव गुरुङ (महासचिव, नेकपा माओवादी)

नेपालको सुरक्षा र स्वाधिनता को रक्षाको निम्ति सजग बनौ र सरकारलाई पनि खवरदारी गरौ!

(१) सन् २०१९ देखि नेपाल SPP मा सहभागि भएको भनेर अमेरिकी रक्षा विभाग ले आफ्नो वईबसाईडमा केहि समय अगाडि सार्वजनिक गरेको छ। स्मरणिय छ कि त्यस बेला प्र.म.ओली र परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली हुनुहुन्थ्यो। सोहि वर्षको जनवरीमा मन्त्री ज्ञवाली अमेरिका भ्रमण गर्नु भएको थियो। त्यसै वेला देखि नेपाल IPS को सदस्य बनेको भनि सोहि बर्षको जुन महिनामा अमेरिकी रक्षा विभाग ले सार्वजनिक गरेको थियो। ओली सरकारले अहिले सम्म ती दुबैको खण्डन गरेको छैन। यति खेर पुन:ओली नेतृत्वको सरकार बनेको बेला शान्ति क्षेत्र नेपालमा अमेरिकी सुरक्षा अधिकारीहरु को बाक्लो आवत जावत र अमेरिका सेनाको बढ्दो गतिविधि ले अब ओली सरकारले कुनै पनि समयमा SPP सँझौतामा हस्ताक्षर गराउन सक्ने सँभावना बढेर गएको छ।

(२) हालै UNO को सभामा प्येलेष्टायन माथि ईजरायल ले गरेको जातिय नरसॅहार को विरोध गर्दै युद्वविराम र शान्ति वार्ताको प्रस्ताव गरिएकोमा उक्त प्रस्तावमा नेपालले समर्थन गर्नु पर्नेमा त्यस विपरित त्यसबारे मतदान हुन्दा नेपाल को प्रतिनीधि अनुपस्थित रहेको छ। जव कि विगतमा UNO मा प्यालेस्टायनको पक्षमा नेपालले निरन्तर समर्थन गर्दै आईरहेको थियो। नेपालको यहि घोषित नीतिलाई ओली सरकारले यस पटक उल्ट्याएको छ। यो पनि अमेरिकी साम्राज्यवाद परस्त नीतिको उपज हो।

(३) अर्को कुरा,अमेरिकी सेटलाईट नेटवर्किङ गर्ने कँपनी-Starlink कँपनीका प्रतिनीधिहरुले हालै प्र.म.ओली सँग भेटी उक्त कँपनीलाई नेपालमा प्रवेशको लागि अनुमति माँगेको समाचार सार्वजनिक भएको छ। सेटलाईट र ईन्टरनेट माथि अमेरिकी प्रभुत्व कायम गर्ने देखिएको ले प्रचण्ड नेतृत्वको सरकारले २/२ पटक उक्त प्रस्तावलाई अस्विकार गरेको थियो। मध्यपुर्वमा ईजरायल ले सैन्य युद्वमा यहि Starlink को नेट व्यापक प्रयोग गरिरहेको भन्ने छ। यहि नेटवर्किङ कँपनीलाई नेपाल भित्राउने सँभावना पनि बढेर गएको छ। अत: मुलुकको सुरक्षा र स्वाधिनता विपरितका सबै प्रकारका गतिविधिहरुबारे नेपाली जनता सजग रहनु पर्ने र सरकारलाई त्यस प्रकारका राट्रिय स्वाधिनता विपरित का गतिविधिहरु रोक्न निरन्तर खवरदारी गरिरहनु पर्ने टडकारो आवस्यकता देखिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button