१७ भाद्र २०८३, बुधबार

रसुवामा बेपत्ता छोराको खोजी गर्न जाने खर्च नभएपछि वडाध्यक्षले दिए १५ हजार

ड्रागन मिडिया सम्वाददाता

रसुवाको भोटेकोशी बाढीपछि बेपत्ता भएका छोराको खोजी गर्न जान गाडी भाडासमेत जुटाउन नसकेका दाङका एक परिवारलाई वडाध्यक्षले १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

तुलसीपुर उपमहानगरपालिका–११ का हरिबहादुर शाहले बेपत्ता छोराको खोजीका लागि रसुवा जान आर्थिक समस्या परेको भन्दै वडा कार्यालयमा सहयोग मागेर निवेदन दिएका थिए। त्यसपछि वडाध्यक्ष मानबहादुर रावतले उनलाई १५ हजार रुपैयाँ उपलब्ध गराएका हुन्।

सहयोग रकम प्राप्त गरेपछि शाह छोराको खोजीका लागि रसुवा प्रस्थान गरेका छन्।

उनका छोरा जनक शाह रसुवामा जेसीबी चालकका रूपमा काम गर्दै आएका थिए। भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उनी सम्पर्कविहीन भएका छन्।

बाढीपछि रसुवासहित विभिन्न प्रभावित क्षेत्रमा ठूलो संख्यामा मानिस बेपत्ता भएका छन्। सुरक्षा निकाय, स्थानीय तह तथा अन्य सम्बन्धित निकायले बेपत्ताको खोजी तथा उद्धार कार्य जारी राखेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button